Logo
२ मंसिर २०८१, आईतबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, अपराधी संरक्षण गरेको आरोप

काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मुलुकमा बढ्दै गएको बलत्कार, हत्या, महंगीलगायतको विरोध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । कोणसभालाई संगठनका अध्यक्ष महेश बहादुर सिंह, महासचिब ज्योति तिमल्सिना, सहायक महासचिब अभिविन्द खनिया, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, काठमाडौं जिल्ला अध्यक्ष नेल्सन घलान लगायतले सम्बोधन गर्नुभएको थियो ।

राजधानीको बबरमहलमा भेला भएका विद्यार्थीहरुको विरोध र्याली नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । वक्ताहरुले देशमा बलत्कार, हत्याका श्रृंखला बढीरहँदा सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्नेमा अपराधी संरक्षण गर्न उद्यत रहेकोले त्यसका विरुद्ध राप्रविसं आन्दोलनमा उत्रनुपरेको बताउनुभएको थियो ।

महंगी, भ्रष्टाचार, बलत्कार, सिलसिलावद्ध भइरहेका महिला हिंसा, निरन्तर रुपमा गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतको चर्को विरोध गर्दै सो सभामा विद्यार्थीहरुले सरकारकै आडमा राष्ट्र विखण्डनको नारा लगाउने सिके राउतको पुत्ला समेत जलाएका थिए ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्