दुहवीको जनकल्याण सहकारीमा आगलागी, १ करोड बढीको क्षती
दुहबी : सुनसरीको दुहबी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा मङलबार राती साढे ११ बजे आगलागी भएको छ । बिद्युत शर्ट भइ आगलागि भएको हुँन सक्ने र आगलागिमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिएका छन ।
आगलागिबाट संस्थाको कागजपत्र, कम्प्यूटर ७ थान, फर्निचर लगायत समानहरु जलेर नष्ट भएको छ । संस्थाको पछाडीको भवनमा समान्य कारोवार भोलीदेखि गरिने संस्थाका अध्यक्ष मिलीराम चौधरीले जानकारी दिए ।
आगो निभाउन बिराटनगरबाट २ ओटा दमकल इटहरीबाट १ इनरुवाबाट १ र दुहवीबाट १ गरि ५ ओटा दमकलले ४ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका निरिक्षक रामनारायण माझिले जानकारी दिएका छन ।