धरानको जंगलमा १२ वर्षीया बालिका बलात्कृत
काठमाडौं : प्रदेश नम्बर १ स्थित सुनसरीको धरान उप–महानगरपालिका-११ सगरमाथा टोल बस्दै आएका दुर्गाबहादुर विकले १२ वर्षीया बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगेर बलात्कार गरेका छन् ।
भोजपुरको घोडेटार-७ रानीबास स्थायी घर भएका ३० बर्षिय बिकलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्गाबहादुरले धरान उप-महानगरपालिका-११ बस्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।