Logo
२ मंसिर २०८१, आईतबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् : प्रधानमन्त्री, केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । ‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाव दिएका छन् । ‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं,आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने ।

वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए ।

उनले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको दावी गरे । नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन, फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन’, उनले भने ।

 

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्