भुटाहामा भयो पत्रकारहरुलाई समेत कारवाही गर्ने सहमती, पोष्टमार्टमका लागि शव उाठाइयो
सुनसरी स्थित खुर्शिद आलम अन्सारीको हत्यापछि आन्दोलित रामनगर भूटाहाबासी र सरकारबीच सहमती भएको छ । यो सहमतीसंगै अन्सारीको शवलाई पोष्टमार्टम गर्नका लागि धरान लगिएको छ । बिहिबार १२ बजे तिर हतियाधारी ब्यक्तीहरुको एक समुहबाट मारिएका अन्सारीको शव घटनास्थलमै राखिएको थियो ।
स्थानीयबासी र उनका परिवारले शवलाई उठाउन दिइएको थिएन । शुक्रवार बिहानैदेखि भएको बिभिन्न वार्तापछि साँझ पौने ६ बजेतिर सहमती भएको हो । नेकपा नेता भीम आर्चायको अगुवाईमा प्रदेश नम्बर १ सरकारका प्रतिनिधि, प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र काठमाण्डौबाट आएका विशेष टोलीबीच भएको वार्तापछि आन्दोलित स्थानीयवासी सहमत भएका हुन् ।
शहिद घोषणा गर्दै मृतकको परिवारलाई क्षतिपुर्ती, घटनाको उच्चस्तरिय निष्पक्ष छानवीन, स्थानिय प्रहरीलाई करवाही लगायतको सहमती भएको छ ।
त्यसैगरी आंतककारीसँग जोड्दै खुर्शिदबारे झुठा समाचार लेखेका पत्रकार तथा संचारमाध्यमहरुलाई कारवाही गर्ने समेत राज्यपक्षले आश्वासन दिएका छन् । मृतकका परिवार तथा आन्दोलित स्थानियहरुले खुर्शिद हत्याको दुःखसँगै पत्रकारहरुले गलत समाचार लेखेका कारण थप दुखी बनाएको भन्दै कारवाही गर्न माग राखेका थिए ।
केहि सञ्चारमाध्यमको र केही पत्रकारहरुको नाममै किटेर लिखित उजुरी समेत आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले बताए । उनले भने ‘यो सहमतीसँगै अब भोलीदेखि बजार पनि खुल्नेछ, जनजीवन समान्य हुनेछ ।’
र्ता भइरहँदा उपस्थित भिड