Logo
२ मंसिर २०८१, आईतबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल शान्ति पुरस्कार पाइनँ भन्दै प्रचण्ड भए दुखी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले नजरअन्दाज गरेको गुनासो गरेका छन् । दाहालले ल्याटिन अमेरिकी देशहरुमा असफल भएको शान्ति प्रक्रियालाई पश्चिमा देशले नोबेल पुरस्कार दिएको तर नेपालमा मौलिक ढंगले सफलतापूर्वक शान्ति प्रक्रिया सफल हुँदा पनि अध्ययन अनुसन्धानको विषय नबनाइएको उल्लेख गरे ।

शुक्रबार हनुमान ढोकाको नासल चोकमा आयोजित लोकतन्त्र मेलामा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय भए पनि पश्चिमा देशहरुले महत्व नदिएको बताएका हुन् । कार्यक्रममा दाहालले भने, ‘ल्याटिन अमेरिका तिर असफल भएको शान्ति प्रक्रियालाई पश्चिमा देशले बढाइ चढाइ गरेका छन्, नोबेल पुरस्कार दिएका छन्। तर नेपालमा गिरिजाबाबु र म शान्ति पुरस्कारका लागि योग्य भए पनि पाएनौं । एक दिन त समय आउँला ।’

उनले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय रुपमै अध्ययन अनुसन्धानको विषय बनाउनु पर्नेमा जोड दिए । नेपालमा जस्तो सफल शान्ति प्रक्रिया युरोपका देशमा भएको भए यसलाई फरक ढंगले अघि सारिने उनको तर्क थियो । प्रचण्ड दश वर्षे सशस्त्र आन्दोलनका नेतृत्वकर्ता तथा शान्ति सम्झौता एक प्रमुख नेता हुन् । माओवादीलाई हतियारबन्द आन्दोलनमा लैजना र शान्ति प्रक्रियामा ल्याउन दाहालले भूमिका खेलेका थिए ।

उनले नेपालमा राजनीतिक क्षेत्रमा महिलाको सहभागीता विश्वकै उत्कृष्ट भएको दाबी गरे । ‘समावेशी लोकतन्त्र, राजनीतिमा महिला नेतृत्व’ विषयक विषयमा धारणा राख्दै दाहालले महिलाका लागि संघीय संसदमा ३३ र स्थानीय तहमा ४० प्रतिशत स्थान पाउनु ठूलो उपलब्धि भएको बताए । विश्वका विकसित भनिएका देशहरुले वर्षौैदेखि महिला सहभागीताका विषयमा छलफल गरे पनि निर्णय गर्ने आँट नगरेको दाबी गरे ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्