Logo
२ मंसिर २०८१, आईतबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक मेलामा निधिको भाषण : ‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् । ‘संविधानप्रति विमति रहेकाहरुलाई पनि चुनावमा सहभागी गराउन सक्नु दलहरुको सफलता हो’ भन्दै उनले त्यस्तो तर्क गरेका हुन् ।
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले वसन्तपुर क्षेत्रमा आयोजना गरेको तीनदिने लोकतन्त्र मेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई लागि पर्न आह्वान गरेका छन् । निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरे ।

निधिले मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अन्तराष्ट्रिय समूदायको सहयोगको आवश्यक्तामा पनि जोड दिए ।

नेपाली सांसदहरुलाई डेनमार्कको भ्रमण गराइ लोकतान्त्रिक मेलामा सहभागी गराइएको र त्यसैबाट प्रभावित भएर यो मेला आयोजना गरेको जनाइएको छ । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत र पाकिस्तानका सांसदहरुको सहभागिता रहेको छ ।

काठमाडौँको बसन्तपुरमा बिहीबारदेखि शुरु भएको लोकतन्त्र मेलाको उदघाटन समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीर : नवीन पौडेल
काठमाडौँको बसन्तपुरमा बिहीबारदेखि शुरु भएको लोकतन्त्र मेलाको उदघाटन समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीर : नवीन पौडेल

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्