Logo
२ मंसिर २०८१, आईतबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पसिना-पसिना भएर उपेन्द्र यादवले चढाए मधेशी शहिदहरुको तस्विरमाथी फूल, साथमा रेणुपनि

असोज ३ अर्थात संविधान दिवसका दिन कालो दिवस मनाउने की नमाउने भन्ने बिवादबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रदेश अध्यक्ष रेणु यादवले एकसाथ मधेशी शहिदहरुको तस्विरमा फूल चढाएका छन् । संविधान दिवस मनाउने बेला नभएको भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले मंगलवार राजबिराजमा एक कार्यक्रमबीच मधेश आन्दोलनका शहिदहरुको तस्विरमा फूल चढाएका हुन ।

फूल चढाउँदै उनले कालोदिवस भने फोरमले नमानाउने बताए । रोचक कुरा त के भने कालो दिवस मनाउन निर्देशन समेत दिदै केहि दिन अघि विज्ञप्ती जारी गरेकी रेणु यादवले पनि हामा हो मिलाएकी थिएन । ‘केन्द्रिय अध्यक्षले नै प्रष्ट पारिसकेपछि मैले केहि थप केहि बोल्नु पर्दैन’ उनले भनिन् – ‘भोली हामि संविधान दिवस पनि मनाउने छैन र कालो दिवस पनि मनाउने छैनौं ।’

शहिदहरुको तस्विरमा फूल चढाइरहदा उपेन्द्र यादव भने पसिना-पसिना भएको देखिएका थिए । त्यँही उपस्थित रहेको एक पत्रकारले भने -‘यादवलाई यत्ति हतास र त्रासित अवस्थामा पहिलो पटक देखिएका हुन् ।’ उनले भने- ‘उहाँ फूल चढाईरहदा समेत थर-थर काँम्पिरेका थिए ।’

पार्टीले आयोजना गरेको एक कार्यक्रममा भाग लिने क्रममा यादव मंगलवार राजबिराज पुगेको हो । संविधान पुर्णलेखनकै माग गरिरहेका यादव सरकारमा गएपछि भने मौन झै रहने गरेका छन् । उपप्रधानमन्त्री यादव सप्तरीबाट प्रतिनिधिसभा सदस्य समेत हुन् । यादव कार्यक्रममा सहभागी भइरहँदा उता बाहिर भने उनको विरुद्धमा नारा जुलुस भइरहेको थियो ।

त्यसैगरी प्रदेश सरकारका मन्त्री समेत रहेका शैलेन्द्र साह, योगेन्द्र यादव लगायतले पनि शहिदहरु तस्विरमाथी फूल चढाएका थिए ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्