Logo
११ मंसिर २०८१, मंगलबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,अब एक लिटर पेट्रोलको रु ११४ पर्ने, निगम अझै घाटामा

काठमाडौं– नेपाल आयल निगमले   पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले  पेट्रोलमा प्रतिलिटर  रु  २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो । 

 मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने  डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ । 

यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो ।मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९।७९ रुपैयाँ घाटा रहेको गोइतले बताए । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५,१५ दिनमा मूल्य समायोजन गरिरहेको छ। 

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्