जनकपुर-पटना बस सेवा शुरु : हरियो झण्डा देखाएर उदघाटन
जनकपुरधाम : जनकपुर-पटना बस सेवा शुरु भएको छ । प्रदेश २ को मुकाम जनकपुरदेखि छिमेक देश भारत विहारको राजधानी पटना जोडने बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार हरियो झण्डा देखाएर उदघाटन गर्नुभएको छ ।
मञ्जुश्री प्रालिले नेपाल भारत मैत्री बससेवा बस जनकपुरबाट भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटनाको लागि छुटेको हो । जनकपुर पटना बस सेवा जनकपुरबाट बिहान १० बजे र राति ८ बजे बस खुल्ने छ ।
त्यस्तै पटनाबाट जनकपुरकालागि अपरान्ह ३ बजे , बिहान ४ बजे र राति ९ बजे बस छुट्ने समय तालिका छ । जनकपुर–पटनाको भाडा भारु. २७५ अर्थात नेपाली रुपैयाँ ४ सय ४० निर्धारण गरिएको छ ।