मालिककै घरमा मृत फेला परेकी २७ वर्षीया उर्मीला राजबंशीको मृत्यू रहस्य अझै खुलेन
आफनै मालिकको घरमा रहस्य अवस्थामा मृत फेला परेकी उर्मीला राजबंशीको मृत्यूको रहस्य अझै खुल्न सकेको छैन ।
२०६९ साल असोज २१ गते जितिया पर्वका दिन पुजा सामग्री खरिद गर्न दिउँसो घरवाट हिँडेकी विराटनगर ४ ग्रोगाहा चौककी २७ वर्षीया राजवंशीको शव फेला परेको थियो ।
उनी काम गर्ने मालिककै घरमा २२ असोज बिहान उनको मृत अवस्थामा शव फेला परेको थियो । राती बिष पिएको भनिएपनि मालिकले नत अस्पताल लगेका थिए नत छिमेकीलाई बोलाएका थिए । उनको बलात्कारपछि हत्या गरेको दाबी आफन्तको थियो ।
मृत्युपछि उनलाई नुहाई दिएको, लूगा फेरिदिएको, घिसारेको र शव मालिकीकी आमाको कोठामा राखेर रक्सीको बोलत पनि नजिकै राखिदिएको दावी उनका आफन्तको थियो ।
उक्त घटनाको सिआइबीले पनि अनुसन्धान गरयो । मुद्दा तीनवटै तहका अदालतबाट टुंगिसकेको छ । आरोपी मालिक जेलबाट छुटिसकेका छन । तर उर्मीलाको मृत्यूको रहस्य अझै खुलेको छैन ।
यतिखेर देशभरि निर्मला पन्तको पक्षमा आवाज उठे जस्तै त्यो बेला पनि सामुहिक आवाज उठेको भए रहस्य खुल्ने थियो कि भन्दै पत्रकार गणेश लम्सालले स्टाट्स लेखेका छन् ।
उनले लेखेका छन् -‘तर बिडम्बना त्यो बेला कसैले बिज्ञप्तीसम्म जारी गर्न चासो दिएनन । पिडित समुदाय भने निरन्तर आन्दोलित भएको थियो । तर कुनै संस्थालाई कुनै मतलव देखिएन ।