Logo
५ मंसिर २०८१, बुधबार
(September 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#JusticeForNirmala न्याय माग्दै देशभर प्रदर्शन (फोटो-फिचर)

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार देशभर प्रदर्शन भएको छ । राजधानी स्थित माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शनमा सयौंको संख्यामा निर्मलाका अामाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगायत सहभागी भएका छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार देशभर प्रदर्शन भइरहेको छ । दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शनी भइरहेको हो । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन ।

निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले सो प्रदर्शन गरेका हुन् । ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्‍याउन स्वत: स्फुर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो ।निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी न्याय माग्दै कञ्चनपुरबाट काठमाडौं आएका छन् । उनीहरूले पत्रकार सम्मेलन नै गरेर आफूहरूलाई न्याय दिन माग गरिरहेका छन् ।

शुक्रबार संघीय संसदमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले हत्याका दोषी छिट्टै कानूनी कठघरामा आउने जानकारी दिएका थिए ।यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरि एको थियो ।

प्रदर्शन भएका स्थानहरु :

प्रकाशित मिति: Sep 15, 2018

प्रतिक्रिया दिनुहोस्