Logo
१३ मंसिर २०८१, बिहीबार
(September 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पैतृक समपतीमा छोरा र छोरीलाई बराबर अधिकार माग्दै बाल बिबाह विरुद्ध सुनसरीमा अभियान

इनरुवा : पैतृक समपतीमा छोरा र छोरीलाई बराबर अधिकार ब्यवहारिक रुपमै समाजमा हुनुपर्ने तथा बाल बिबाह र दाईजो प्रथाले महिला हिंसाको घटनामा वृद्धि भएको भन्दै यहाँका किशोरीहरु त्यस विरुद्ध सचेतना अभियान चलाएका छन् । सुनसरी सहित देशभरी दिनहुँजसो बालिका, किशोरी, महिला बलात्कृत हुने क्रममा वृद्धि भएकोले त्यस विरुद्धको अभियानमा आफूहरु लागेका युवा महिला तथा किशोरी संस्थाकी अध्यक्ष अलबिना प्रवीण बताउछिन् ।

मुस्लिम बाहुल्य रहेको इनरुवा नगरपालिका ९ र १० नम्बर वार्डमा बालदिवसको दिन महिला तथा किशोरी संस्थाले दिनभर बाल बिबाह र दाईजो प्रथाको विरुद्धमा र्याली तथा नाटक प्रस्तुत गरेको थियो । प्लस टु पढ्ने ४० जना बढी किशोरीहरुको सहभागितामा निकालिएको उक्त र्याली बबिया हुँदै जल्पापुर सम्म पुगेको थियो । बालबिबाह बन्द गरौं,किशोरी लाई श्रीमान हैन किताब दिऔ,बिहेवारी २० वर्ष पारी जस्ता नारा गर्दै र्याली निकालिएको अस्मुन खातुनले बताइन् ।

बालविवाहका कारण धेरै बालबालिकाले कम उमेरमै ज्यान गमाउनु परेको तथा उनीहरू शिक्षाबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेकोले त्यस विरुद्ध अभियानको सुरुवात गरेको अध्यक्ष अलबिना प्रवीण बताउछिन् । अब आफूहरु एकजुट भएर कुनै पनि हालतमा बालबिबाह हुन नदिने तथा बालविवाहलाई पूर्ण रुपमा बन्द गराउने अलबिनाले प्रतिवद्धता गरिन् ।

आफूहरुले संचालन गरेको सचेतना अभियान सफल पार्नका लागि छात्रा, अभिभावक र सरोकारवाला निकायका साथै जनप्रतिनिधिहरुको सहयोग आवश्यक रहेको अलबिनाले बताइन् । बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न गैर सरकारी निकायको सहयोग आवश्यक रहेको अलबिना बताउछिन् ।

बालबिबाहका कारण धेरै किशोरीहरुको मृत्युु समेत भैसकेकाले सो रोक्न सबै एकजुट हुन आवश्यक भएको पुजा शर्माले बताइन् । सामाजिक कुरिती, आर्थिक अभाव र चेतनाको अभावका कारण नै बालविवाह हुने गरेको बताउदै खुश्बु कुमारीले अभिभावक समयमै चनाखो हुनुपर्ने बताउछिन् ।

प्रकाशित मिति: Sep 15, 2018

प्रतिक्रिया दिनुहोस्