सन् १९२७ मा श्री ३ चन्द्र शमशेरले सञ्चालनमा ल्याएका रोपवे
श्री ३ चन्द्र शमशेरले सन् १९२७ मा धुर्सिङ्देखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे सञ्चालनमा ल्याएका थिए । जुन रोपवेले घण्टामा ८ टन सामान बोक्ने क्षमता थियो।
पञ्चायतकालमा यसलाई हेटौंडादेखि काठमाडौंसम्म ४४ किलोमिटर सेवा विस्तार गरिएको थियो । यो ढुवानीको सबैभन्दा सस्तो साधन थियो ।
यस कामका लागि अमेरिकाले सहयोग गरेको थियो ।
यसलाई समेत विगतका सरकारहरुले बन्द गरिदियो । जुनसुकै सरकार आए पनि राज्यले यसको आवश्यकतालाई दीर्घकालिन रुपमा सोच्न सकेन ।