फिदिममा खवरदारी सभा : कुमार लिङदेन भन्छन् -‘अब यो देशमा जातियदन्द्ध हुनेछन्
पाँचथर : संघिय लोकतान्त्रिक राष्ट्रिय मंचले आज पाँचथरको फिदिममा खवरदारी सभाको आयोजना गरेको छ । सभालाई सम्वोधन गर्दे मंचका अध्यक्ष कुमार लिङदेनले नेकपा-काग्रेसका नेताहरु मधेश र आदिवासी जनजाति सँग झुक्ने हेइन भने यो देशमा जातियदन्द्ध हुने चेतावनी दिएका छन् ।
ऐतिहासिक पृष्ठभूमिको आधारमा कुनै हालतमा प्रदेश नम्बर १ लाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने नभए जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने उहाँले बताउनुभयो । लिम्बुवान प्रदेश नाम नराखिए बरु प्रदेश नम्बर १ नै नाम राख्न उहाँले सुझाव दिनुभयो ।
यस्तै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आर्यन समुदायका नाममा गलत कार्य गरेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न उहाँले खवरदारी गरेका छन् । सभालाई पाटीका नेता संगम खनाल लगायतका केन्द्र,प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताहले सम्वोधन गर्नुभएको थियो ।