Logo
१३ मंसिर २०८१, बिहीबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय नम्बरको ट्रकले ठक्कर दिएपछि एक महिलाको मृत्यु

जोगबनीतर्फ जादै गरेको भारतीय नम्बरको ट्रकले ठक्कर दिदा विराटनगर बसपार्क दक्षिण पाञ्चाली मोडमा एक महिलाको मृत्यु भएको छ । महेन्द्र चौक हुदै जोगबनीतर्फ जादै गरेको एच.आर. ५५ एल.१४१९ नम्बरको मालवहाक ट्रकले को.५.प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकृत निशान थापाले घटनामा परि रंगेली नगरपालिका निवासी ३० वर्षिया आसु अग्रवालको मृत्यु भएको जानकारी दिए । स्थानीय रोडषेश चौकबाट महेन्द्र चौकतर्फ आइरहेको मोटरसाईकललाई विपरीत दिशाबाट जोगबनी गइरहेको ट्रकले ठक्कर दिएको थियो।

मोटरसाइकलमा सवार आसुको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए । त्यसैगरि, उनका श्रीमान मनोज अग्रवाल र ६ वर्षिया अनिषा अग्रवाललाई भने चोटपटक लागेको बताइएको छ। मनोजलाई स्थानीय विराट नर्सिङ होम र अनिषालाई सप्तकोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि घटनामा ट्रक चालक भारतको अलिगढ निवासी ३० वर्षिय कमल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्