Logo
१३ मंसिर २०८१, बिहीबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिषण भर्षा सहित आएको हावहुरी र चट्याङका कारण वनमा क्षति

पथरी : गए राति परेकाे हावहुरी र चट्याङका कारण सामुदायिक वनमा क्षती भएकाे छ । हरियाली सामुदायिक वनमा १ लाख बराबरको ठाडाे रुख चट्याङले हानेर क्षतबिक्षत बनाएकाे छ । गएराति आएको भिषण भर्षा सहितको चट्याङका कारण हरियाली सामुदायिक वनलाई १ लाख बराबरको क्षति भएको छ ।

पथरी शनिश्चरे वडा नंं. २ र ३ मा रहेको सो वनको करिब ७० क्युफिट काठ उत्पादन हुने रुख धुजा धुजा भएको हाे । पूर्व पश्चिम राजमार्गबाट उत्तर तर्फ बाँसेचौरी जाने बाटाैमा पर्ने सखुवाको रुखमा क्षति भएको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल बहादुर मगरले जानकारी दिएका छन् ।

क्षति भएको रुखबाट हालको बजार मूल्यमा करिब २, ३ लाखको आम्दानि हुने तर उपभोक्ता समूहमा नै बिक्रि गर्दा पनि करिब १ लाख बराबरको आम्दानि हुने मगरले बताए ।

यो वन समूह नेपालका उत्कृष्ट सामुदायिक वन मध्ये चौथो स्थानमा पर्दछ । प्रदेश १ मा पहिलो स्थानमा रहेको यस वनले हाल वैज्ञानिक रुपमा वन व्यवस्थापन गरिरहेको छ । सामुदायीक बनले यसै बर्ष मात्र १ कराेड ६ लाख ५६ हजार २ सय ६३ पैसा अाम्दानी गरेकाे छ ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्