Logo
५ मंसिर २०८१, बुधबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा मिश्रलाई दीपकराज जोशीको स्वागत : सुनुवाई, अनुमोदन, सपथ, पदभार एकै दिन

काठमाडौं : राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएर प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सोमवार नै पदभार ग्रहण गरेका छन् ।

उनले सोमबार साँझ नै पदभार ग्रहण गरेका हुन् । सोवार दिउसो संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्र सोमवार नै सपथ पनि लिएका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा अदालत परिसमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदा बसेका थिए । तर, मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै जोशी सर्वोच्च आएका छन् । उनले आफू भोलीदेखि नियमिति आउने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक । तस्बिरः रोशन सापकोटा
सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक । तस्बिर : रोशन सापकोटा
सोमबार सिंहदबारमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी हुन जाँदै प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रा । तस्बिर : रोशन सापकोटा
सोमबार सिंहदबारमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी हुन जाँदै प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रा । तस्बिरः रोशन सापकोटा

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्