Logo
५ मंसिर २०८१, बुधबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासकहरु शासक होइन, जनताको सेवकको रुपमा प्रस्तुत हुनुपर्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रशासकहरुले आफु शासकको रुपमा प्रस्तुत नभई जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

साेमवार नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्याय सम्बन्धी तिन महिने सेवाकालीन तालिमलाई सम्बाेधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्य सहित सबै प्रशासकले काम गर्नुपर्ने बताए।

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको थापाको भनाई छ। ‘केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको छ’, गृहमन्त्री थापाले भने ‘यसलाई तपाईहरुले चिर्नुहोस्।’

अपराध र अपराधीलाई नियन्त्रण गर्न सके मात्रै नागरिकको रक्षा गर्न सकिने बताउँदै गृहमन्त्री थापाले यसका लागि विधिसम्मत ढंगले कार्य गर्न जरुरी रहेकाे बताए।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्