प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउन माग गर्दे पत्रकारहरु आन्दोलित
नेपाल पत्रकार महासंघको अह्वानमा पत्रकारहरुले प्रर्दशन थालेका छन् । फौजदारी संहितामा रहेको प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउन पत्रकारहरु आन्दोलित बनेका हुन् ।
शुक्रवार बानेश्वर स्थित नेपाल पत्रकार महासंघ पदाधिकारीहरु समेत उपत्यका शाखा, काठमाण्डौ शाखा लगायतमा आवद्ध पत्रकारहरुले धार्ना बसेका छन् ।
व्यवस्थापिका संसद रहेको विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडी पत्रकारहरु धर्ना बसेका हुन् । पत्रकारहरुले फौजदारी संहितामा रहेको प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउन माग गरिरहेका छन् ।