Logo
२ मंसिर २०८१, आईतबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख महरा पाँचदिने चीन भ्रमणका लागि ल्हासा प्रस्थान

काठमाडौँ : सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् ।भ्रमणका क्रममा उनी शुक्रबार ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गने सभामुखको सचिवालयले जनाएको छ ।

ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गने छ । त्यस्तै उनले ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गने उनको सचिवालयले जनाएको छ ।

सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली काँग्रेसका रङमति शाही, सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरबरिया, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी भएका छन ।

त्यस्तै सङ्घीय संसद् सचिवालयका सचिव भरतराज गौतम र सभामुखको सचिवालयका प्रतिनिधिसमेत भ्रमणमा सहभागी भएका छन् । उनी यही भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्