Logo
५ मंसिर २०८१, बुधबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभाको टोली लिएर सभामुख महरा चीन प्रस्थान

काठमाडौँ : सभामुख कृष्णबहादुर महरा शुक्रबार चीन प्रस्थान गरेका छन् । उनी अहिले बिहान १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् ।

सभामुख महरासहितको १० जनाको टोलीमा चार वटा राष्ट्रिय पार्टीका सांसद र एक स्वतन्त्र सांसद पनि सहभागी छन् । सभामुख चीन जाने भएपछि प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।

नेपालको प्रतिनिधि सभाको टोली लिएर उनी चिन तिर लागेका हुन् । सभामुख महरा भदौ २७ गते स्वदेश फर्किएपछि प्रतिनिधिसभाको अर्को बैठक भदौ २८ गते एक बजेका लागि तोकिएको छ ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्