Logo
२ मंसिर २०८१, आईतबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सफ्टवेयर नष्ट विवादपछि गरिबी निवारण कोषका उपाध्यक्ष थापाद्वारा राजीनामा

काठमाडौ : गरिबी निवारण कोषका उपाध्यक्ष यामबहादुर थापाले कोष अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका छन् ।

कोषको करिब ३१ अर्ब रुपैयाँको हिसाबकिताबको अभिलेख रहेको सफ्टवेयर नष्ट भएपछि विवादमा आएका उपाध्यक्ष थापाले प्रधानमन्त्री कार्यालयका सचिव लालशंकर घिमिरेमार्फत प्रधानमन्त्री केपी ओलीसममक्ष राजीनमा दिएका हुन ।

स्रोतका अनुसार थापाले सचिव घिमिरेलाई इमेलमार्फत राजीनामा दिएका हुन । उपाध्यक्ष थापाले दिएको राजीनामा पत्रमा घरायसी कारणले कोषमा काम गर्न नसक्ने जनाएका छन ।

विगत १८ महिनाको अवधिमा कोषको प्रभावकारिताकै लागि काम गरेको भन्दै उपाध्यक्ष थापाले राजीनामा पत्रमा भने २० भदौमा मिति उल्लेख गरेका छन् ।

१९ भदौ साँझ कोषका भएको वैठकमा समेत राजीनामा संकेत दिएका थिएनन । साथै, थापाले कोषको लेटरप्याड नभई सादा पानामा राजीनामा लेखेका छन् ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्