Logo
१३ मंसिर २०८१, बिहीबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दमपती कुटपिटको आरोप लागेका पूर्व मेयर र वडाध्यक्षको यस्तो प्रतिकृया (विज्ञप्ती)

सुनसरी स्थित एक दमपती कुटपिटको आरोप लागेका इनरुवा नगरपालिकाका पूर्व मेयर र वडाध्यक्षले पे्रस विज्ञप्ती जारी गरेका छन् ।रामहरी पोखरेल र शान्ता पोखरेलले निर्वाचित वडाअध्यक्ष अञ्जनी पोखरेल सहित पुर्व मेयर खेमराज पोखरेल सहितका नाममा प्रशासनमा उजुरी गरेका थिए ।

गालीबेइजती तथा कुटपिट विरुद्ध प्र्रशासनमा दर्ता गरिएको उजुरीमा शान्ति सुरक्षाको माग सहित दोषीलाई पक्राउ गरी कार्वाहीको माग गरिएको व्यहोराको समाचार सार्वजनिक भएसँगै पूर्व मेयर खेमराज पोखरेल र वडाध्यक्ष अञ्जनी पोखरेलले संयुक्त विज्ञप्ती जारी गर्दै घटनामा आफुहरुको संलग्नता नरहेको उल्लेख गरेका छन् । विज्ञप्तीमा निवेदक पक्षले आफ्नो गल्ती लुकाउन अरुको बदनाम गराउने काम गरेको जनाइएको छ ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्