राहुल गान्धीको २ प्रतिकृयात्मक ट्विट : ह्यासट्यागमा #KailashYatra
कैलाश मानसरोवरको यात्रामा रहेका अखिल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ट्वीट मार्फत सेयर गरेको मानसरोवरको तस्बिर ।
काठमाडौँ : कैलाश मानसरोवरको यात्रामा रहेका अखिल भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार २ प्रतिकृयात्मक ट्विट गर्दै ह्यासट्यागमा #KailashYatra सेयर गरेका छन् ।
उनले ट्वीटमा कैलाशले जसलाई बोलाउँछ उसैले यात्रा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ यात्रामा निस्कन्छ । यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु ।’ कैलाश यात्रा ह्यासट्यागमा उनले ट्वीट गरेका छन् ।
त्यसपछि गरिएको ट्वीटमा राहुलले कैलाश मानसरोवरको सुन्दर दुई तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले लेखेका छन्, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ । यसले सबथोक दिन्छ र केही पनि गुमाउँदैन । जसले पनि यहाँको पानी पिउन सक्छ । यसमा घृणा छैन । यसैले हो हामीले यो पानीलाई पूजा गर्ने ।’
उनको यात्राको विषयलाई लिएर भारतीय राजनीतिमा ठूलै खैलाबैला भइरहेका बेला यात्रामा रहेका गान्धीले भने बुधबार बिहान प्रतिकात्मक ट्वीट गरेका हुन् । राहुलको धार्मिक यात्रालाई लिएर भारतीय जनता पार्टीले विभिन्नथरीका प्रश्न गर्दै आएको छ । सत्तामा रहेको भाजपाले राहुलको यात्रा धार्मिक मात्रै नभएर चीनसँगको सम्बन्धका रुपमा चित्रित गरेको थियो ।
तर अहिले उनको यात्रामा ‘भेज–ननभेज’ को विषयलाई केन्द्रमा राखिएको छ । राहुल गान्धी गएको शुक्रबार काठमाडौँ आएर बसेका थिए । भोलिपल्ट शनिबार उनी चीनको बाटो भएर मानसरोवर यात्रामा निस्किएका हुन् । उनले शुक्रबार राति नेवारी खाना खाएको कुरा बाहिर आएपछि त्यसमा ननभेज रहेको र धार्मिक यात्रामा निस्केका व्यक्तिले ननभेज खान नहुने भन्दै भारतीय मिडियामा यसलाई ठूलै विषय बनाइएको छ ।
The waters of lake Mansarovar are so gentle, tranquil and calm. They give everything and lose nothing. Anyone can drink from them. There is no hatred here. This is why we worship these waters in India.#KailashYatra pic.twitter.com/x6sDEY5mjX
— Rahul Gandhi (@RahulGandhi) September 5, 2018