Logo
२ मंसिर २०८१, आईतबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल कब्जा गर्न भारतीय सुरक्षाकर्मी काठमाडौँ आएका होइनन् : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीहरुको टोली नेपाल आउनु कुनै नौलो विषय नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले ‘नेपाली सुरक्षाकर्मीको विश्वास नभएझैँ किन मोदीका लागि भारतीय सुरक्षाकर्मी काठमाडौँ आए ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

उक्त प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यो कुनै नयाँ विषय नभएको र गच्छेअनुसार आफूहरुले पनि विदेशमा नेपाली सुरक्षाकर्मी लग्ने गरेको बताए। उनले भारतीय सुरक्षाकर्मीहरु नेपाल कब्जा गर्छु भनेर काठमाडौँ नआएको बताए।

‘आफ्नो देशका प्रधानमन्त्रीको सुरक्षाका लागि उनीहरु यहाँ आएका हुन्, नेपाल कब्जा गर्छु भनेर होइन, गच्छेअनुसार हामीले पनि विदेश जादा सादा पोशाकमा अथवा शैन्य पोशाकमा सुरक्षाकर्मी लगेको हुन्छौँ, यसलाई अनावश्यक ढंगले उचाल्नु बान्छनीय हुँदैन,’ प्रधानमन्त्रीले भने।

उनले छोटो समयमा अत्यन्त सफल ढंगले बिमस्टेक सम्मेलन सम्पन्न गर्न सफल भएको बताउँदै यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छबि उचो पारेको बताए । छोटो समयमै सम्मेलनको सफल आयोजना गरेर नेपालको प्रतिष्ठा बढेको उनको भनाइ थियो।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्