Logo
२ मंसिर २०८१, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक पदमा रहेका जोकोहीको पनि व्यक्तिगत विवरण गोप्य नरहने

काठमाडौं : सार्वजनिक पदमा रहेकाको जो कोहीले पनि कुनै पनि व्यक्तिगत विवरण गोप्य राख्न नमिल्ने ऐन माग गरिएको छ । सांसदहरुले व्यक्तिका नागरिकता, शैक्षिक प्रमाणपत्र, पासपोर्ट, मतदाता परिचयपत्र र लाइसेन्सलाई व्यक्तिका गोप्य लिखत नबनाउन संशोधन दर्ता गराएका हुन् । वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दा गर्दै सांसदहरुले नागरिकता, शैक्षिक प्रमाणपत्र, पासपोर्ट, मतदाता परिचयपत्र र लाइसेन्सलाई सार्वजनिक गर्न नहुने लिखित अन्तरगत राख्न नहुने प्रस्ताव गरेका छन् ।

विधेयकको दफा ११ (२) ‘क’ ‘ग’ रहेको व्यक्तिको गोपनीय वैयक्तिक विरणका रुपमा उल्लेख भएका पाँच किसिमका लिखतलाई गोप्य विवरको सूचीबाट हटाउन प्रस्ताव गरिएका हुन् । सांसदहरु खगराज अधिकारी, प्रेम सुवाल, लालबहादुर थापा, नारदमुनी राना, भीम रावल, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, जयपुर घर्ती, पूर्णकुमारी सुवेदी, शशी श्रेष्ठ, दिव्यमणि राजभण्डारी र विन्दा पाण्डेले नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र र लाइसेन्सलाई गोप्य कागजातको सूचीमा राख्न हुने संशोधन हालेका हुन्।

सांसदहरु गगन थापा, विजय सुब्बा, सूर्यप्रसाद पाठक, नवराज रावले भने सार्वजनिक पदमा रहेका व्यक्तिको मात्र गोप्य नरहने प्रस्ताव गरेका छन्। सांसद थापाको संशोधनमा सार्वजनिक हितका लागि सार्वजनिक पदमा हरेका व्यक्तिका लिखत सञ्चार माध्यमबाट प्रकाशन प्र्रशासरण गर्न सकिने उल्लेख छ ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्