Logo
५ मंसिर २०८१, बुधबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको विदा वित्तीय संस्थाले मान्नु पर्दैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्र सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् । नेपाल राष्ट्रबैंक र अन्य वित्तीय संस्थाले प्रदेश २ सरकारले सार्वजनिक विदाका दिन पनि कार्यालय खोलेकोमा विरोध भइरहेका बेला अर्थमन्त्री खतिवडाले बैंकहरुको निर्णय बचाउ गरेका हुन् ।

करदाता सेवा कार्यालय उद्घाटन गर्न सोमबार राजविराज आएका संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरु केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताए । उनले सञ्चारकर्मीसँग भने ‘बैंकहरु केन्द्रीय सरकारको अधिनमा रहेकाले उहाँहरुले आफ्नो दायित्व निर्वाह गरिरहनुभएको छ ।’

केन्द्र सरकारको मातहतमा रहेका कार्यालयले केन्द्र सरकारले दिएको विदा मात्र मान्ने उनले बताए । ‘केन्द्रीय सरकारको अधिनमा रहने सरकारी कार्यालयहरुले केन्द्रले दिएको विदा मान्ने हो’ मन्त्री खतिवडाले भने, ‘उहाँहरुले कर्तव्य पालना गरिरहनुभएको छ ।’ प्रदेशभित्र प्रदेश सरकारको पनि केही अधिकार रहने भए पनि यस विषयमा छलफल जरुरी रहेको बताए ।

‘प्रदेश सरकारले दिने विदाको सम्बन्धमा र कार्यालयहरुले कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार र केन्द्र सरकार बसेर मिलाउनुपर्ने हुन्छ’ उनले भने । मन्त्री खतिवडाले यसबारेमा चाँडै केन्द्र र प्रदेश सरकार बसेर छलफल गर्ने बताए ।

गत भदौ १० गते जनैपूणिर्माको दिन प्रदेश २ सरकारले सार्वजनिक विदा दिँदा पनि कार्यालय खोलेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताला लगाएकाा थिए । त्यस्तै भदौ १७ गते प्रदेश सरकारले कृष्णा जन्मष्टमीको अवसरमा दिएको विदामा पनि कार्यालय खोलेको भन्दै मन्त्री नै बैंक अगाडि धर्नामा बसेका थिए ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्