सेवा ठप्प पारेर आन्दोलनरत चिकित्सकहरुलाई सरकारको कडा चेतावनी
काठमाडौं : यहि भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध (संहिता) मा व्यव्सथा गरिएका चिकित्सकीय प्रावधान संशाेधनकाे माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गरी सेवा ठप्प पारेर आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यकीय सेवा ऐनको दफा ४ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । ऐनको दफा ४ मा कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा हड्तालमा सहभागी हुनेलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । सोहीअनुसार डाक्टर तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको हो ।
चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन समेत मन्त्रालयले आग्रह गरेको छ । उनीहरुका मागको विषयमा सकारात्मक पहल भईरहेको भन्दै सरकारले आन्दोलनका कार्यक्रम छाडेर काममा फर्कन आग्रह गरेको हो । नयाँ मुलुकी एेनमा उपचारका क्रममा डाक्टरकाे लापरवाहीले बिरामीको मृत्यु भएको खण्डमा डाक्टरहरुले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएकाे छऽ जसकाे संशाेधनकाे माग गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई आन्दोलित छन् ।