सेनाले रोहिङ्ग्याहरुमाथि गरेको हिंसाबारे समाचार लेख्ने २ पत्रकारलाई जेल सजाय
एजेन्सी : म्यानमारको ‘अफिसियल सेक्रेट एक्ट्स (आधिकारिक गोप्यता ऐन)’ तोडेको आरोप लागेका रोयर्टसका दुई पत्रकारलाई याङ्गुनको अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई यसका लागि सात वर्षको जेल सजाय दिएको छ । ३२ वर्षे वा लोन र २८ वर्षे क्वा सोई ऊलाई म्यानमारको रखाइन प्रान्तमा भएको कयैन मानिसहरुको आम–हत्याको अनुसन्धान गरेको आरोपमा सन् २०१७ डिसेम्बरमा नै पक्राउ गरिएको थियो ।
सजायपछि क्वाले आफूहरु निर्दोष रहेको दोहोर्याए । साथमा उनले फैसला सुनेर आश्चय नलागेको प्रतिक्रिया दिए । “हामीले कुनै गलत काम गरेका थिएनौँ,” उनले भने ,“साचो भन्ने हो भने हामी फैसलाबाट त्यति चकित भएका छैनौँ ।” यी जोडीको रोजगारदाता रोयटर्सका प्रधानसम्पादक स्टेफन एडलरले निर्णय सस्था, दुई व्यक्ति र ‘विश्वभरको प्रेस’को लागि ‘दुःखद दिन’ भएको बताए ।
ह्युमन राइट्स वाच एशियाका उपनिर्देशक फिल रोबर्टसनले ट्विट गर्दै उस्तै भावना व्यक्त गरे । उनले यस निर्णय म्यानमारको प्रेस स्वतन्त्रताको लागि ‘ठूलो प्रहार’ भएको बताए । यी दुई पत्रकारहरुलाई जुलाईमा म्यानमार बेलायतको उपनिवेश हुँदा बनेको ऐन तोडेको आरोपमा पक्राउ गरिएको थियो । त्यस ‘अपराध’ मा अधिकतम १४ वर्षको जेल सजायको व्यवस्था रहेको छ ।
अघिल्लो सोमबारको लागि तोकिएको फैसला अन्तिम समयमा न्यायाधीश अदालत उपस्थित हुन नसक्ने गरि विरामी भएको भनेर सारिएको थियो । वाक स्वतन्त्रतामाथिको आक्रमण भन्दै यस मुद्दाको सुरुदेखिनै अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको थियो । साथै यस घटनाले रखाइन क्षेत्रमाथि भएको सैन्य कारबाहीमाथि प्रकाश पारेको थियो ।
हाल सालै संयुक्त राष्ट्रले उक्त प्रान्तमा भएको सैन्य कारबाहीलाई ‘जातीय सफाया’को रुपमा व्याख्या गरेको छ । यस हिंसात्मक सैन्य कारवाही स्वरुप ७०,००० भन्दा बढी अल्पसंख्यक रोहिङ्ग्या मुसलमान म्यानमार छाडेर बङ्ग्लादेश भाग्न बाध्य भएका थिए ।अदालतसामु बोल्ने क्रममा दुवै पत्रकारले एक प्रहरीले आफूहरुको अनुसन्धानसँग जोडिएको एक कागजपत्र याङ्गुनको एक रेस्टुरामा दिएको बयान दिएका थिए ।
उनीहरुका अनुसार उक्त प्रहरीलाई उनीहरुले त्यस अघि कहिल्यै भेटेका थिएनन् । त्यसको केहीपछि नै उनीहरुलाई साझा पोसाक लगाएका प्रहरी अधिकारीहरुले पक्राउ गरेका थिए । अप्रिलमा म्यानमारका प्रहरी अधिकारी मोई यान नेइङले आफूले एक शीर्ष प्रहरीले दुई पत्रकारहरुको साथमा एक गोप्य दस्तावेज राखिदिएर फसाउन लागेको योजना देखेको बयान दिएका थिए ।