Logo
२ मंसिर २०८१, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टरहरुको आन्दोलनमा नोपली कांग्रेसको पनि समर्थन छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए ।

तपाईं नै प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरुसँग छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए । सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताएका सभापति देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए ।

सार्क र विमस्टेक फरक-फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क छ । संयुक्त सैन्य अभ्यास सहमती अनुसार हुन लागेको उनले बताए । देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्