आइतबार देशमा दिनभर कहाँ-कहाँ के-के देखियो ? (हेर्नूस् फोटो-फिचर) - नागरिक टाइम्स/रासस १७ भाद्र २०७५, आईतबार ००:०० भक्तपुरको दरबार स्क्वायर परिसरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार बाराही नाच नाच्दै कलाकार । काठमाडौँमा आइतबार आयोजित समारोहमा नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठनको घोषणा पछि सभामुख कृष्णबहादुर महरासँग समूहका सदस्य एवं अट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडलगायत सामूहिक तस्बिरमा । काठमाडौँमा आइतबार आयोजित समारोहमा सभामुख कृष्णबहादुर महरा नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठनको घोषणा गर्दै । भक्तपुरको दरबार स्क्वायर परिसरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार भैरब नाच नाच्दै कलाकार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ किरात वाकथुङ चुम्लुङको ३०औँ स्थापना दिवस मूल समारोह समितिको आइतबार आयोजित कार्यक्रममा च्याब्रुङ बजाएर कार्यक्रमको उदघाटन गर्नुहुँदै । श्रीकृष्ण जन्माष्टमीको दिन आइतबार वीरगन्जको गिता मन्दिरमा भगवान कृष्णको पूजा गर्दै भक्तजन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ का महिला आइतबार परम्परागत रुपमा मनाइने डोलीसहितको गौरा नृत्य गर्दै । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने बारे आइतबार सानोठिमीमा पत्रकार सम्मेलन गरी जानकारी दिँदै शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल । बिम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै । काठमाडौँको बुद्धनगरमा दुईहप्तादेखि फोहोर संकलन नभएपछि सडकमा थुप्रिएको फोहोर । प्रदेश–२ का प्रमुख रत्नेश्वरलाल कायस्थ कृष्णा अष्टमीको अवसरमा जनकपुरधाममा आइतबार आयोजना गरिएको प्रवचन कार्यक्रममा बोल्दै । शिक्षासेवी डा सुरेन्द्र सिटौलाको कविता संग्रह ‘देश र परिवेश’ आइतबार काठमाडौँमा विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत । भदौरे जात्राको अवसरमा बागलुङ बजारमा आइतबार निकालिएको बास्सा नाच । श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना दक्षिण एशियाली क्षेत्रीय सहयोग संङगठन (सार्क) सचिवालयको निरीक्षणपछि आइतबार त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । साथमा श्रीलङकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, सार्कका महासचिव अम्जद हुसेन बी सियाल, नेपालका लागि ७नतसीलङकाका राजदूत डब्ल्यू एस परेरालगायत । श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना दक्षिण एशियाली क्षेत्रीय सहयोग संङगठन (सार्क) सचिवालय परिसरमा आइतबार बोधिचित्तको बिरुवा रोपेपछि जलसिञ्चन गर्दै । साथमा श्रीलङकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, सार्कका महासचिव अम्जद हुसेन बी सियाललगायत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान दिवस मूल समारोह समिति २०७बmउस५ गठनसम्बन्धी बैठकका लागि आइतबार गृहमन्त्रालयमा स्वागत गर्दै गृहमन्त्री रामबहादुर थापा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आइतबार काठमाडौँमा बिदाइ गरेपछि भदौ १९ गतेदेखि बंगलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुने राष्ट्रिय खेलाडीको टोली । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको खहरेमा हिलाम्मे भएको सडक । निर्माण शुरु भएको २० वर्षपछि पनि सडक कालोपत्रे भएको छैन । प्रदेश–१ का उद्योग पर्यटन तथा वातावरणमन्त्री जगदीश कुसैयत डिभिजन वन कार्यालय मोरङद्वारा लेटाङमा आइतबार आयोजित ‘एक घर पाँच विरुवा वितरण अभियान’ अन्तर्गत विरुवा वितरण गर्दै । प्रगतिशील पत्रकार संघ नेपाल, बागलुङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत । आन्तरिक तथा बाह्य पर्यटकीय भित्रयाउन बैतडीको दोगडाकेदार गाउँपालिकाले निर्माण गरेको ७नतसीकोटस्थित खोचलेक गुफा केदार जाने सिंढी । गाउँपालिकाले गत आर्थिक बर्षमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा एक करोड रकम खर्च गरेको छ । महोत्तरीको गौशाला३ स्थित राष्ट्रिय आधारभुत विद्यालय नवराजपुरमा अध्ययनरत विद्यार्थीहरुलाई आँपको बगैँचामा बोरा ओछ्याएर पढनुपर्ने बाध्यता रहेको छ । भौतिक पूर्वाधार एवं शिक्षकको अभाव भएपछि कलिलो बालबालिका घरबाटै बोरा ल्याएर पढन आउँछन । दुई दशकअगाडि स्याउका लागि प्रसिद्ध रहेको बैतडीको सतबाँझ क्षेत्र । जलवायु परिवर्तनसँगै पछिल्लो सयम यहाँ स्याउ फल्न छोडेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठक । बैठकले कर्णाली प्रदेशको एकीकृत विकासका लागि सबै क्षेत्रलाई समेटेर विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । लमजुङस्थित भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा नस्ल सुधार गर्दै महिला प्राविधिक । तस्वीरहरु रासस