Logo
२ मंसिर २०८१, आईतबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप छनोट खेल : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

काठमाडौँ : एसिया कप छनोट अन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए । सिंगापुरका चेतन सूर्यवंशीले ६० रन जोडेका थिए ।

सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो ।

प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित नेपालले शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो। ओमान ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ भने हङकङ र यूएईले २–२ जित दर्ता गरेका छन् ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्