Logo
२ मंसिर २०८१, आईतबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म-राजनीतिक मिसनमा राहुल गान्धी : तर खान्छन् ‘सुँगुरको मासु’

हिन्दु मतदाताहरुलाई लोभ्याउन राजनीतिक मिसन लिएर धर्मिक यात्रामा निस्केका भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धी सुँगुरको मासु खाने गरेका छन् । धार्मिक मिसन लिएर कैलास मानसारोवरको नाममा शनिवार चिन पुगेका गान्धी शुक्रबार भने २२ घण्टा काठमाण्डौमा बिताएका छन् ।

त्यस क्रममा उनले सुँगुरको मासु खाएका हुन् । मुलतः धर्मिक यात्रामा रहेका समान्या मांसाहारी खाना समेत खान नहुने समाजिक परम्परा रहेको छ । तर उनले सुँगुरको मासु खाएकाले उनको धार्मिक यात्रा पवित्र नभई मिसन केन्द्रित मात्र रहेको उनका आलोचकहरु बताँउछन् । शुक्रवार काठमाडौं आएका गान्धी शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन् ।

लाजिम्पाट स्थित उनले खाए सुँगुरको मासु

शुक्रबार बेलुका काठमाडौँ आएका राहुलले बेलुका नेवारी खाना खाएका छन् । उनले काठमाडौँको लाजिम्पाटमा रहेको ‘भूतू फुड वुटिक’मा नेवारी खाजा खाएका थिए ।राहुल आफ्ना साथीहरुसहित बेलुका ९ बजेतिर आफ्नो रेस्टुरेन्टमा आएको भूतूका सञ्चालक डिजे राजु सिंहले जानकारी दिए ।

सिंहका अनुसार राहुल सहित चारजना बेलुका बेलुका ९ बजेतिर उनको रेस्टुरेन्टमा पुगेका थिए भने झण्डै २ घण्टा उनीहरु त्यहाँ बसेका थिए । सुरुमा आफूहरुले नचिनेको सञ्चालक सिंहले बताए । उनले भने, ‘हामी कसैले चिनेका थिएनौँ, एकजना गेस्टले चिनेर सेल्फी खिच्न गएपछि मात्र थाहा पायौँ ।’ उनका अनुसार राहुलले रेस्टुरेन्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ मःमः, चिकेन कुरकुरे तथा बँदेलको मासु (सुँगुरको मासु) खाएका थिए ।

कूटनीतिक राहदानी
अध्यागमन स्रोतका अनुसार डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा गान्धी आएका थिए । प्राप्त राहदानीको फोटोकपी अनुसार उनको राहदानी अगस्ट २९ मा जारी भएको छ । ३१ मे २०१९ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्ममिति १९ जुन १९७० तथा जन्मस्थान नयाँ दिल्ली उल्लेख छ ।

श्रोतका अनुसार चाइना एयरको नियमित बिमान सिए ४०८ नम्बरको बिमानबाट ‘डिप्लोम्याट पासर्पोट’ लिएर उनी चाइना प्रस्थान गरेका हुन् । पासर्पोट नम्बर ‘डिप्लोम्याट पासर्पोट’ प्रयोग गर्दै गान्धी आफ्ना सहयोगी भिम वच्चन सहित अंरक्षक समेत जम्मा ४ जनाको टोलीलाई नेतृत्व गर्दै उनी चिन तर्फ लागेका हुन् ।

राहुल गान्धीको पार्टी भारतीय कंग्रेसले भने उनी नितान्त निजि धार्मिक यात्रामा रहेको जनाएको छ । तर उनले ‘डिप्लोम्याट पासर्पोट’ प्रयोय गरेपछि धार्मिक यात्रासंगै राजनीतिक ऐजेण्डा लिएर समेत भ्रमणमा जान लागेको आशांका गरिएको छ ।

मुलतः आम भारतीयको रुपमा समान्य पासर्पोट लिएर उनी नेपाल हुँदै तेस्रो मुलुक जान लागेको भए नेपाल स्थित भारतीय दुतावासले ‘नो अवजेक्सन’ लेटर लिनु पर्ने हुन्थ्यो ।

तर श्रोतले भन्यो ‘यो खबर दुतावासमम्म नपुगोस भन्दै डिप्लोम्याट पासर्पोट प्रयोग गरेका हुनसक्छन् । यद्यपी, उनी मात्र धार्मिक यात्रामा जान लागेको दावीलाई विश्वास भने गर्न सकिन्न ।’

भीम वच्चनले अनलाईन मार्फत राहुल गान्धीका लागि होटेल बुक गरेका छन् भने भारतको रोजी ट्राभल्सको नाममा राहुल गान्धी सहित चाइनाको लागि जम्मा चार जनाको टिकेट बुक गरिएको छ । एयर चाइनाको ‘विजनेस क्लास’मा बुक रहेको टिकेटको नोटमा ‘भीभीआइपी’ लेखिएको छ । साथै उनका अंरक्षकसँग लाइसेन्सधारी हतियार समेत रहेको उल्लेख छ ।

तस्बिर सौजन्यः डिजे राजु सिंह

२२ घन्टा काठमाडौंमा रहेर चिन प्रस्थान

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी २२ घन्टा काठमाडौंमा रहेर तिब्बतको ल्हासा प्रस्थान गरेका छन् । शुक्रबार काठमाडौं आएका गान्धी शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन चेकजाँच गराएका उनी एयर चाइनाको नियमित उडानबाट ल्हासा उडेका हुन् । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् ।

यता काठमाण्डौबाट प्रकाशित लोकप्रिय दैनिक पत्रिका नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार उनी नेपालगन्जबाट हिल्सा हुँदै ल्हासा जाने चर्चा चलेको थियो । त्यसैले शनिबार बिहान नेपालगन्जमा सञ्चारकर्मी राहुलको तस्बिर खिच्न प्रतीक्षारत थिए । काठमाडौंस्थित डोमेस्टिक एयरपोर्टमा पनि बिहानैदेखि फोटो पत्रकार कुरिरहेका थिए । बिहान १० बजेतिर प्रहरी स्रोतबाट जानकारी आयो, राहुल सीधै ल्हासा जाने भए । त्यसपछि पत्ता लाग्यो, राहुल एयर चाइनाको दिउँसोको उडानबाट ल्हासा हुँदै मानसरोवर जानेछन् । सुरक्षासम्बद्ध स्रोतका अनुसार गान्धीको यो पूर्वनिर्धारित कार्यक्रम हो । उनको इच्छाअनुसार रुट गोप्य राखिएको हो । उनी आउनुअघि भारतको स्पेसल प्रोटेक्सन ग्रुप (एसपिजी)ले सुरक्षाजाँच गरिसकेको थियो ।

सुरक्षा र यातायातका कारण उनी यसअघि नै काठमाडौंबाट सीधै ल्हासासम्म जाने निर्णयमा पुगेका थिए । हिल्साको बाटो सुरक्षित नभएको र नेपालगन्ज हुँदै जान सुरक्षाका हिसाबले उपयुक्त नहुने सुरक्षा निकायले ब्रिफिङ गरेको थियो । दिल्लीबाट सीधै ल्हासा उडान छैन । उनले सिचुआन वा साङघाई भएर ल्हासा जानुपर्ने हुन्थ्यो । सुरक्षा निकायको सुझाबका आधारमा गान्धीले दिल्लीबाट डेढ घन्टामा काठमाडौं र यहाँबाट १ घन्टा २० मिनेटमा ल्हासा पुग्ने छोटो बाटो रोजेका हुन् । उनको यात्रामा आकस्मिक फेरबदल थिएन ।

हिल्सामा यस वर्ष मौसम खराबीका कारण पाँच सय भारतीय तीर्थयात्रीलाई उद्धार गर्नुपरेको थियो । छोटो समयमा पुगिने र गोप्यता कायम हुने निष्कर्षसहित गान्धीले मानसरोवर जान नेपालको बाटो रोजेका हुन् । उनी मानसरोवरबाट नेपाल हुँदै भारत फर्किने सम्भावना रहेको भनिए पनि पुष्टि हुन सकेको छैन । गान्धी शनिबार अपराह्न ल्हासा पुगेका छन् । सुरुमा मानसरोवरनजिकैको सैन्य बेसक्याम्पसम्म हेलिकोप्टरमा र त्यसपछि गाडीमा उनको यात्रा हुनेछ । जानकार स्रोतका अनुसार उनलाई तिब्बत सरकारका अधिकारीले ल्हासा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनी आइतबार सडकमार्ग हुँदै कैलाश मानसरोवरतर्फ प्रस्थान गर्नेछन् ।

बौद्ध स्तुपा दर्शनदेखि नेवारी भोजन
गान्धीले शुक्रबार साँझ लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए । शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए । उनी राति पाटन र स्वयम्भू पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । बौद्धको एउटा रेस्टुरेन्टमा मारवाडी परिवारसँगै बसेर उनले पिज्जा खाएको स्रोतले बतायो । तर, हिँडिसकेपछि मात्रै रेस्टुरेन्टलाले राहुल गान्धी हुन् भन्ने थाहा पाएका थिए ।

धर्म-राजनीतिक मिसन
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अपराह्न ५ बजेतिर आफूलाई शिवभक्तका रूपमा परिचित गराउँदै २० मिनेट लामो धार्मिक भाषण गरिरहँदा राहुल गान्धी लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा थिए । तर, मोदीले पशुपतिनाथमा भाषण गर्नुभन्दा पहिला गान्धीको अफिसियल ट्विटरमा कैलाश हिमालको तस्बिरसहित उपनिषद्मा उल्लेखित ‘तमसो मा ज्योतिर्गमय…’ लेखिएको थियो । मोदी र गान्धीको भेट भएन, तर शुक्रबार ६ घन्टा उनीहरू दुवै नेपाली भूमिमा थिए । गान्धी पौने २ बजे आए भने मोदी साढे ८ बजे दिल्लीतर्फ प्रस्थान गरे ।

कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालाले शुक्रबार पाँच ट्विटमार्फत गान्धीको कैलाशयात्राको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीको चर्को आलोचना गरे । उनले सुरुमा धार्मिक र आध्यात्मिक यात्राका क्रममा गान्धी कैलाश मानसरोवर यात्रामा लागेको सार्वजनिक गरे । कर्नाटक चुनावताका वैशाख अन्तिम साता गान्धी हवाई दुर्घटनाबाट बालबाल बचेका वेला कैलाश मानसरोवर जाने भाकल गरेको सुर्जेवालाले उल्लेख गरेका छन् ।

संयोगवश कर्नाटक राज्यको चुनाव हुँदा प्रधानमन्त्री मोदीले २९ वैशाखमा मुक्तिनाथ मन्दिरमा पूजा गरेका थिए । भारतको दूरदर्शन टेलिभिजनले मोदीबाट भएको पूजाको प्रत्यक्ष प्रसारण गरेको थियो । मोदीले पूजा गरेको नभएर भोट मागेको व्याख्या भारतमा त्यसवेला भएको थियो । अहिले धर्मका विषयमा भाजपा र कांग्रेसबीच बहस चलिरहेको छ ।

‘दुर्भाग्यवश एक असफल प्रधानमन्त्री र भाजपाले संकुचित एवं द्वेषपूर्ण मानसिकताका आधारमा राहुलजीको यो कैलाश पर्वतको पवित्र यात्राको मजाक उडाएका छन् । यस पावन यात्रालाई हनिमुन टुरिज्म घोषित गरेर भाजपाले हिन्दू धर्मको प्रत्येक सिद्धान्त एवं आस्थामाथि गहिरो प्रहार गरेको छ,’ कंग्रेस प्रवक्ता सुर्जेवालाको ट्विटमा उल्लेख छ । मोदीको गत अप्रिलको वुहान यात्रा र चिनियाँ राष्ट्रपतिसँग भएको अनौपचारिक भेटलाई पनि विफल भन्दै कंग्रेस प्रवक्ताले अध्यात्म र तीर्थयात्राको महत्व बिर्सेको, कैलाशको महत्वमाथि तल्लोस्तरको राजनीति गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘भोलेबाबाले भाजपालाई सद्बुद्धि देऊन् ।’

भारतीय सञ्चारमाध्यमले शनिबार दिएको समाचारअनुसार चिनियाँ राजदूत लुओ चाओहुईले भारतीय विदेश मन्त्रालयलाई चिठी लेख्दै चिनियाँ पाहुना गान्धीलाई सेरेमोनियल लन्ज उपलब्ध गराउन आग्रह गरेका थिए । यो खबर सार्वजनिक भएसँगै भाजपाका प्रवक्ता संवित पात्राले ‘भारतीय गान्धी हुन् कि चिनियाँ गान्धी’ भन्दै गान्धीको आलोचना गरेका छन् । मोदी र गान्धीबीच शिवभक्त बन्ने होडबाजीलाई सन् २०१९ मा हुने लोकसभाको भोटको राजनीतिक प्रतिस्पर्धाका रूपमा हेर्न थालिएको छ ।

विश्वनाथमा राहुलको थाली पोखिँदा……
सन् २०१४ को लोकसभा निर्वाचन प्रचार–प्रसारका क्रममा राहुल गान्धी काशी वनारसस्थित विश्वनाथ मन्दिर गएका थिए । उनको साथमा थिए, उत्तरप्रदेशका तत्कालीन मुख्यमन्त्री अखिलेश यादव । उनीहरू दुवैजना विश्वनाथ मन्दिर एकैपटक पुगेका थिए । उनलाई मन्दिरका चारजना पुजारीले पूजाआजा गराएका थिए । त्यसवेला नेपाली पुजारी टेकनारायण उपाध्याय सहभागी थिए । ‘विश्वनाथ मन्दिरको गर्भगृहमा बसेर पूजा गर्न लाग्दा सुरुमै राहुल गान्धीजीको पूजाको थाली घोप्टियो, पूजाका सामान पोखिए,’ मन्दिरका पूजारी उपाध्यायले  भने, ‘त्यसपछि अखिलेश यादवको पूजा सामग्रीबाट राहुलजीका लागि पनि पूजाआजा गराइयो ।’

उपाध्यायका अनुसार त्यसवेला गान्धीले मन लगाएर पूजा गरेनन् । त्यो चुनावी प्रचार-प्रसारका लागि थियो । त्यसो त त्यसवेला नरेन्द्र मोदीले पनि पूजा गरेका थिए । ‘मोदीले भक्तिभावपूर्वक पूजा गर्नुभयो, मन्त्रोच्चारण गर्नुभयो र चुनाव जितेपछि सुरुमै दर्शन गर्न आउने भाकल गर्नुभयो,’ उपाध्यायले सम्झिए, ‘राहुलजी हात हल्लाउँदै मन्दिर आउनुभयो, हामीसँग हात मिलाउनुभयो, मोदीले हात मिलाउनुभएन, हाम्रो पाउ छुनुभयो । अनि हात धोएर हामीसँगसँगै पूजा गर्नुभयो ।’

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्