डाक्टरहरुको आन्दोलन : देशभरका अस्पतालमा स्वास्थ्य-सेवा ठप्प
काठमाडौं : आन्दोलनरत डाक्टरहरुले देशभर आज स्वास्थ सेवा अवरुद्ध गरेकाछन् ।
नेपाल चिकित्सक संघको अह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।
डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।
मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
#संकेतिक फाईल तस्बिर