धावनमार्गबाट दुर्घटनाग्रस्त जहाज हटाउन नसक्दा १२ घण्टादेखि त्रिभुवन विमानस्थल अवरुद्ध
काठमाडौँ : नेपालगन्जबाट काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज चिप्लिएपछि ५ यात्रुलाई साधारण चोट लागेको छ । विमान २१ जना यात्रु बोकेर काठमाडौं उत्रेको थियो । अन्य यात्रुको अवस्था सामान्य छ ।
शनिबार राति ८:३५ देखि बन्द विमानस्थल संचालनमा अाउन सकेकाे छैन। विमानस्थल बन्द हुँदा मुलुककाे हवाई सेवा ठप्प भएकाे छ। अान्तरिक र बाह्य सबै उडान र अवतरण बन्द हुँदा यात्रु अलपत्र परेका छन्। दर्जनाैं उडान रद्द हुँदा विमानस्थलमा स्वदेशी र विदेशी सयौं यात्रुकाे बिचल्ली भएकाे छ।
कोटेश्वरतर्फबाट अवतरण गरेको यतीकाे जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पांग्रा) भाँचिएको थियाे।चिप्लिएकाे विमानलाई धावनमार्गबाट हटाएर ८ बजेसम्म संचालनमा ल्याउने प्रयास भइरहेकाेविमानस्थल स्राेतले जनाएकाे छ।