‘डिप्लोम्याट पासर्पोट’ बोक्दै एयर चाइनाको ‘विजनेस क्लास’ मा बसेर चिन जाँदै राहुल गान्धी
काठमाडौं : कैलास मानसरोवर यात्राका लागि भन्दै भारतबाट हिजो शुक्रवार काठमाण्डौ आएका भारतीय कांग्रेसका अध्यक्ष तथा प्रतिपक्षी नेता राहुल गान्धी आज चिन जाँदैछन् । ‘नितान्त निजि धार्मिक भ्रमण’ भन्दै उनी काठमाण्डौ आएपनि उनले भने ‘डिप्लोम्याट पासर्पोट’ बोकेका छन् ।
श्रोतका अनुसार आफ्ना धार्मिक सहयोगी भिम वच्चन सहित अंरक्षक समेत जम्मा ४ जनाको टोलीलाई नेतृत्व गर्दै उनी चिन जाँदैछन् ।
काठमाण्डौबाट ल्वहासाका लागि चिन जान लागेका राहुल गान्धीको पार्टी भारतीय कंग्रेसले भने उनी नितान्त निजि धार्मिक यात्रामा रहेको जनाएको छ । तर उनले ‘डिप्लोम्याट पासर्पोट’ प्रयोय गरेपछि धार्मिक यात्रासंगै राजनीतिक ऐजेण्डा लिएर समेत भ्रमणमा जान लागेको आशांका गरिएको छ ।
मुलतः आम भारतीयको रुपमा समान्य पासर्पोट लिएर उनी नेपाल हुँदै तेस्रो मुलुक जान लागेको भए नेपाल स्थित भारतीय दुतावासले ‘नो अवजेक्सन’ लेटर लिनु पर्ने हुन्थ्यो । तर श्रोतले भन्यो ‘यो खबर दुतावासमम्म नपुगोस भन्दै डिप्लोम्याट पासर्पोट प्रयोग गरेका हुनसक्छन् । यद्यपी, उनी मात्र धार्मिक यात्रामा जान लागेको दावीलाई विश्वास भने गर्न सकिन्न ।’
भीम वच्चनले अनलाईन मार्फत राहुल गान्धीका लागि होटेल बुक गरेका छन् भने भारतको रोजी ट्राभल्सको नाममा राहुल गान्धी सहित चाइनाको लागि जम्मा चार जनाको टिकेट बुक गरिएको छ । एयर चाइनाको ‘विजनेस क्लास’मा बुक रहेको टिकेटको नोटमा ‘भीभीआइपी’ लेखिएको छ । साथै उनका अंरक्षकसँग लाइसेन्सधारी हतियार समेत रहेको उल्लेख छ ।
यता, लाजिम्पाटस्थित होटल र्याडिसनवाट उनले सन्देश दिदै शान्तिको कामना गरेका छन् । एक रातका लागि मात्र काठमाडौं आएका उनले होटलबाटै आफ्नो टुइटर हेण्डलबाट ट्विट गर्दै भनेका छन् –
“ॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्मामृतम् गमय।
ॐ शान्तिस् शान्तिस् शान्तिस्”
राहुल शुक्रबार अपरान्ह इन्डिगो एयरको नियमित उडानबाट काठमाडौं अवतरण गरेका थिए । विमानस्थलवाट गान्धी मारुती गाडीमा होटल पुगेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले राहुलको भ्रमणका बिषयमा कुनै औपचारिक जानकारी नभएपनि अनौपचारीक जानकारीका आधारमा सुरक्षा प्रवन्ध मिलाएको बताए ।
प्रहरीको उनको सुरक्षाका लागि एकजना डिएसपीको कमाण्डमा टोली खटाएको छ । त्यसका साथै उनको सुरक्षाका लागि सादा पोशाकमा होटल वरपर अन्य सुरक्षाकर्मीहरु पनि खटिएका छन् ।
तस्बिर सौजन्य : THT