Logo
५ मंसिर २०८१, बुधबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनको प्रक्रिया अगाडि नबढाएकाे भन्दै चिकित्सक संघद्वारा आन्दोलन घाेषणा

काठमाडौँ : मुलुकी एेन संशोधनको प्रक्रिया अगाडि नबढाएकाे भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने निर्णय गरेको छ ।  भदौ १ गते देखि लागू भएको मुलुकी ऐन, मुलुकीअपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ऐनमा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकोले आकस्मिक बाहेकका सेवासम्म बन्द गर्ने गरीविरोधमा उत्रिएकाे संघले जनाएकाे छ।

उनीहरुले स्वास्थ्य संस्था, चिकित्साकर्मीहरु माथि आक्रमण हातपात गर्नेलाई ‘जेल विदआउट वेल’ को प्रावधानसमेत लागु गर्न माग गर्दै देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेका छन्। ऐनमा भएका विवादित दफा, उपदफा संशोधन गर्ने प्रतिबद्धता सरकारवाट जारी भएकोले भदौ १५ गतेसम्म संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरिएको संघले जनाएको छ ।

संघले अगामी आइतबार (भदौ १७ गते) देशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवाबन्द गर्ने निर्णय गरेकोछ।यस्तै चिकित्सकहरुले सोमबार मुलुकभरीको स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने निर्णय गरेकाे छ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्