Logo
५ मंसिर २०८१, बुधबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्न : प्रसारण लाइनको समझदारीपत्र हस्ताक्षर

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा अनुमोदन गर्नका लागि मंगलबार सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मा शुक्रबार उक्त देशका राष्ट्र एवं सरकार प्रमुखको उपस्थितिमा विदेश मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

अन्य कुन-कुन विषयमा सहमति भयो भन्ने औपचारिक रुपमा जारी हुने संयुक्त वक्तव्य मार्फत जानकारी दिने बताइएको छ।अायोजक राष्ट्रका रुपमा नेपालले अध्यक्षता गरिरहेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्यसलाई श्रीलंकाकाश्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन्।

सम्मेलन स्थल होटल सोल्टीमा सबै सात सदस्य राष्ट्रका प्रमुख कार्यकारीहरु आफ्नो प्रतिनिधि मण्डलका साथ बैठकमा थिए। यो बैठक पछि संयुक दस्तावेजमा परराष्ट्रमन्त्रीहरुल हस्ताक्षर गर्ने छन् र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्