Logo
१० मंसिर २०८१, सोमबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्य ईन्टरनेशनल अवार्डको भोटिङ सुरु

काठमाडौँ : विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्ला गरिएको छ ।

आगामी भाद्र ३१ गते जापानमा हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को भोटिङ प्रक्रिया भाद्र १५ बाट शुरु हुने आयोजक संस्था सुर्य कर्पोरेशनले जनाएको छ । चलचित्र र संगीत दुई तर्फबाट १२ वटा विधामा अवार्ड वितरण गर्न भोटिङ गर्नुपर्नेछ ।

गुगल एकाउण्टमा मेल आईडी हुनेहरु र फेसुबुक आईडी हुनेहरुले विश्वभरबाट आफुलाई मन परेको कलाकारलाई निशुल्क भोटिङ गर्न सकिनेछ । भाद्र १५ गतेदेखी भाद्र ३० गते राति १२ बजे सम्मको भोटिङलाई मान्यता दिने आयोजक संस्थाले जनाएको छ ।

आफुलाई मन परेको कलाकारलाई भोटिङ गर्नको लागि सबै भन्दा पहिले सुर्य ईन्टरनेशनल अवार्ड डट कममा जानु पर्नेछ । त्यसपछि त्यसमा भएको नोमिनिज शिर्षकमा गई नोमिनिज विधाहरु हेर्न सकिनेछ । नोमिनिज विधामा क्लिक गरेपछि उत्कृष्ट पाँचको प्रोफाइल खुल्नेछ । उत्कृष्ट पाँचको वारेमा छोटो परिचय समेत समावेश गरिएको छ ।

उत्कृष्ट पाँचको प्रोफाइल संगै भोट भन्ने रातो बटम राखिएको छ । त्यसमा क्लिक गरेर आफ्नो आईडी र पासवर्ड राखेपछि भोटिङ हुनेछ । गुगलमा भएको एकाउण्ट आईडी बाहेक फेसबुक आईडीबाट लग ईन गरि पनि विश्वभरबाट निशुल्क भोटिङ गर्न सकिनेछ । यसरी गरिएको भोटिङ एक विधामा एक जनालाई मात्र गर्न सकिनेछ । भोटिङबाट आएको कुल मतको आधारमा जापानको टोकियोमा भाद्र ३१ गते हुने भव्य अवार्ड समारोहमा उत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका नेपाल व्यवस्थापक समीर बलामीले बताएका छन् ।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्त सम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ । अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि बासुदेव लामिछाने बताएका छन् ।

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्