फिफाका पूर्वउपाध्यक्षलाई ९ वर्ष जेल सजाय
एजेन्सी : विश्व फुटबल महासंघ (फिफा) का पूर्वउपाध्यक्ष जुआन एन्जल नउपोटलाई नौ वर्षको जेल सजाय गरिएको छ । दक्षिण अमेरिकी फुटबल महासंघको अध्यक्षसमेत रहेका पाराग्वेका ६० वर्षीय जुआनलाई फुटबलमा आर्थिक भ्रष्टाचार गरेको ठहर गर्दै फिफा इथिक्स कमिटीले उक्त सजाय दिएको हो ।
जुआन सन् २००७ देखि २०१४ सम्म पाराग्वे फुटबल संघका अध्यक्ष थिए। जुआनले ब्राजिल विश्वकप अघि ठूलो मात्रामा आर्थिक अनियमितता गरेको भन्दै उनीमाथि फिफाले छानबिन गरिरहेको थियो। जुआनलाई एक मिलियन डलर जरिवाना पनि गरिएको छ।