बिमस्टेकमा भाग लिन आएका सबै प्रमुखसँग राष्ट्रपति-प्रधानमन्त्रीको सामुहिक भेट
काठमाडौँ : बिमस्टेकको चौथो शिखर सम्मेलन भाग लिन आएका सबै राष्ट्र तथा सरकार प्रमुखसँग राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा आलीले सामुहिक भेटवार्ता गरेका छन् ।
सबै राष्ट्र तथा सरकार प्रमुखहरु शितल निवास पुगेका छन् । राष्ट्रपतिले शितल निवासमै दिवा भोजको समेत आयोजना गरेकी छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ ।
प्रधानमन्त्री केपी ओली समेत राष्ट्रपति भण्डारीले सबै पहुनाहरुलाई औपचारिक रुपमा स्वागत समेत गरेका छन् । उक्त दिवा भोजमा सरकारका मन्त्री तथा विदेशी अन्य पहुनाहरु समेत सहभागी रहेका छन् । साथै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले सबै राष्ट्र प्रमुखहरुसँग छुटा-छुटै भेटवार्ता समेत गरेका छन् ।