Logo
२ मंसिर २०८१, आईतबार
(August 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#BIMSTEC मा भाग लिन सबै सदस्य देशका प्रमुख काठमाडौंमा (फोटो-फिचर)

काठमाडौँ : बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि राजधानी सुरु हुँदैछ ।प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास अर्थात बिमस्टेकमा भाग लिनका लागी सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरु काठमाण्डौ आइपुगेका छन् ।

नेपाल सहित यस्मा ७ ओटा राष्ट्रहरु समावेश छन् । बिमस्टैकमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा पनि काठमाडौं आइपुगेका छन्। थाइ प्रधानमन्त्री काठमाडौं ओर्लिएसँगै सबै देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आइसकेका छन्।

आजै बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेका छन्। अन्यदेका राष्ट्र प्रमुख भने हिजो नै आइपुगेका छन् । सबैलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।

अबको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलेबिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखकोसम्मानको लागि सामूहिक भेटवार्ता र दिवा भोजको आयोजना गरेकी छन्। यसको लागि मध्यान्ह सातै देशमा राष्ट्र तथा सरकार प्रमुख शीतल निवास पुग्नेछन्।

प्रकाशित मिति: Aug 30, 2018

प्रतिक्रिया दिनुहोस्