Logo
५ मंसिर २०८१, बुधबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सहमतिपत्र अनुमोदन

काठमाडौं : विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षरका लागि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा प्रस्तुुत गरिने भएको छ । बैठकमा सहभागी मन्त्रीहरूले ग्रीड इन्टरकनेक्सनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी पूरा भएको बताएका थिए ।

काठमाडौंमा बुधबार सम्पन्न बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सहमतिपत्र हस्ताक्षरका लागि सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । यसअघि मंगलबार बसेको १९ औं सचिव स्तरीय बैठकले प्रसारण लाइन सम्बन्धी सहमतिपत्रलाई हस्ताक्षरका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

१६ मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिव साहिदुल इस्लामले बिमस्टेकको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्री ज्ञवालीले श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायकेलाई मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गरेका थिए । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

बैठकमा परराष्ट्र मन्त्री ज्ञवाली, भारतका बाह्य मामिला राज्यमन्त्री विजयकुमार सिंह, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याब तीन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, भुटानका विदेश सचिव सोनामा छोङ र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय सभहागी थिए । दई दिने शिखर सम्मेलन बिहिबार शुरु हुँदैछ । बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्