Logo
१३ मंसिर २०८१, बिहीबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ वर्षकी आफ्नी विद्यार्थीलाई बलात्कार गरी शिक्षक फरार, खोजीकार्य जारी

उदयपुर : एक शिक्षकले आफू कार्यरत रहेको विद्यालयको बालिका विद्यार्थीलाई बलात्कार गरी फरार भएका छन् । त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ४० का शिक्षक विरेन्द्र बस्नेतले आफुलाई जबरजस्ती करणी गरेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पिडित १२ बर्षीया बालिकाले उजुरी दिएका छन् ।

सुतिरहेको समय घर बाहिर बोलाएर आफुलाई जबरजस्ती करणी गरेको भन्दै उनले आफ्नो शिक्षक बिरुद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताएका छन् । प्रहरी प्रमुख (एसपी) राईका अनुसार शिक्षक बस्नेत बिरुद्ध जबरजस्ती करणी गरेको उजुरी परेको बताए ।

बस्नेत त्रियुगा नगरपालिका– ४ बगाहा स्थित राष्ट्रिय उच्च माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक हुन् । उनी बिरुद्ध बिहिवार राति आफुलाई जबरजस्ती करणी गरेको भन्दै आफ्नै बिद्यालयमा अध्यनरत बालिकाले प्रहरीमा उजुरी दिएका हुन् । ‘सुतिरहेको समय एक छिन तिमीसँग काम छ भन्दै बाहिर बोलाए’ प्रहरीमा दिएको उजुरीमा भनिएको छ ‘बाहिर निस्केपछि बिभिन्न बहाना बनाएर घरको पछाडी एकन्तमा जबरजस्ती ग¥यो’ ।

सोहि क्रममा बालिकाले प्रतिकार गर्न थालेपछि बस्नेत भागेको पीडितका आफन्तहरुले बताएका छन् । अहिले घटनापछि फरार रहेको बस्नेतको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्