Logo
२ मंसिर २०८१, आईतबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलनका ‘सहिद’ राउतकी पत्नीलाई प्रदेश सरकारमा ‘नोकरी’

जनकपुरधाम : तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ । प्रदेश २ को मुख्य न्यायधिवक्ताको कार्यालयमा उहाँलाई जागिर दिइएको हो । प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश सरकारले मंगलबार एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले सहिद पत्नी निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गर्नु भयो ।

सप्तरी भारदह १ का राजीव राउतको तेस्रो मधेस आन्दोलनको क्रममा भारदहमा प्रहरीको गोली लागेर ज्यान गएको थियो । नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताउनु भयो । उहाँले भन्नु भयो ,‘हामी आह्वान गरि सकेका छौ, जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।’

यस अघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको छ । मुख्य न्यायधिवक्ता कार्यालयले हाल सम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको हो । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्दे्शिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको छ । निर्दे्शिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्