२१ गतेभित्र विधान संशोधनका लागि सुझाव दिन कांग्रेसको आह्वान
काठमाडौं : नेपाली कांग्रेसले विधान संशोधनका लागि भदौ २१ गतेभित्र पार्टी कार्यालय सानेपा आइपुग्ने गरी सुझाव दिन आह्वान गरेको छ ।
सुझावहरु लिखित रुपमा तथा इमेलमार्फत पठाउन सकिने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । मस्यौदा समितिले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौं हुने महासमिति बैठकमा प्रतिवेदन पेश गर्नेछ ।
विधान संशोधन मस्यौदा समितिको बैठकले २१ गतेभित्र आइपुग्ने गरी सुझाव दिन केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, सांसद, प्रदेशसभा सदस्य, कार्यकर्ता तथा पार्टीका शुभेच्छुकलाई आग्रह गरेको हो ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले सुझाव संकलन गरेर संघीय संरचनामा पार्टीलाई रुपान्तरण गर्न खोजेको हो ।