पहिरो खस्न थालेपछि बस्ती जोखिममा
मनाङ : मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बेँसीशहर सडक भासिएको छ । पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् ।
बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ । स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् ।
यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
“पहिरो निरन्तर बगेकाले काम गर्न कठीनाइ भएको छ,” उनले भने । सवारीसाधन मुश्किलले सञ्चालन गर्न सकिएको प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए।
सडक मर्मत गर्न दीर्घकालीन योजना बनाउनुुपर्ने उनको भनाइ छ । दिनहुँ बाढीले कटान गरेका कारण यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने स्थानीयवासी पासाङ विष्ट बताउछन् ।