Logo
२ मंसिर २०८१, आईतबार
(August 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब युट्युबमा आउने केही विज्ञापन स्किप गर्न नमिल्ने

इन्टरनेटको दुनियाँ जति बिकसित हुँदैछ ठिक त्यस्तै त्यसमा केहि बाध्यत्मकारी नियमहरु पनि लागु भइरहेको छ । अब युट्युबको दायरा फराकिलो बन्दै गएको छ । पहिलो गीत वा चलचित्र या यस्तै अरु भिडियो सामग्रीका लागि मात्रै हेरिने युट्युब पछिल्लो समय समाचारदेखि सबै प्रकासका भिडियो सामग्रीका लागि चर्चित भएको छ ।

धेरै विधिमा धेरै युट्युबर छन्, जसले यसैबाट राम्रो आय गरेका छन् । त्यो आएको स्रोत विज्ञापन नै हो । युट्युबमा कुनै भिडियो हेरिरहँदा वा भिडियो सुरु हुँदा विज्ञापन आउँछ । ती विज्ञापनलाई निश्चित समयपछि स्किप गर्न सकिन्छ ।

तर चाँडै नै युट्युबका भिडियोमा आउने विज्ञापन स्किप गर्न मिल्ने क्रम कम हुनेछ । अर्थात स्किप गर्न नमिल्ने खालका विज्ञापन पनि आउँदै छन् । मोनिटाइज भएका युट्युब च्यानलहरुले छानिएका भिडियो सामग्रीमा स्किप गर्न मिल्ने खालका विज्ञापन राख्न पाउने गरी नयाँ व्यवस्था फिचर आउँदैछ ।

यसबाट युट्युबरले धेरै आय गर्न सक्ने छन् भने विज्ञापनदाताले बढी रकम तिर्नु पर्नेछ । यस्ता स्किप गर्न नमिल्ने विज्ञापनहरु बढीमा २० सेकेण्डको हाराहारीका हुनेछन् ।

प्रकाशित मिति: Aug 27, 2018

प्रतिक्रिया दिनुहोस्