कञ्चनपुर अपडेट : सामान्य बन्दै जनजीवन, खुकुलो पारिदै कर्फ्यू
कञ्चनपुर : १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घट्नाको उचित अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन अब भने साम्य भएको छ । स्थानीयको जनजीवन सामान्य बन्दै गएको छ । १३ वर्षीया किशाेरीकाे बलात्कार र हत्याकाे विषयलाई लिएर आन्दोलनचर्किएपछि स्थानीय प्रशासनले बिहीबारसाँझ देखि नै कर्फ्यू अादेश जारी गरेकाे थियाे।
स्थानीय प्रशासनले लगाएको कर्फ्यू आईतबार ६ देखि १० बजेसम्मका लागि हटाइएको छ । शुक्रबार बिहान कर्फ्यू हटेपछि दिउँसाे फेरि अान्दाेलन चर्किएकाे थियाे। शुक्रबार बेलुकी पाँच बजेदेखि जारीकर्फ्यू अाइतबार ५ घण्टाका लागि हटाइएकाे थियाे। राति १० बजेबाट पुन:लागू भएर सोमबार बिहान ५ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत उदयराज जोशीले जानकारी दिए।
सोमबार ५ देखि १२ बजेम्म कर्फ्यू लागू नहुने र १२ बजेदेखि फेरी अर्को निर्णय नहुँदासम्म जारी रहने उनले जानकारी दिए। ‘कर्फ्यू जारी नै छ, लामो समयदेखि लागू भएका कारण असहज हुँदा केहि खुकुलो पार्न मात्रै खोजिएको हो’ जोशीले भने। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले प्रदर्शन गर्दै अाएका थिए।
प्रदर्शनका क्रममा प्रहरीकाे गाेलीबाट शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियाे।प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन्। बिहीबारप्रहरीले चलाएको गोली लागेर ८ जना प्रदर्शनकारीको ढुंगा प्रहारबाट ४ जना प्रहरी घाइते भएका थिए। अाइतबार बिहान कर्फ्यू हटाइएका बेला गाेली लागेरमृत्यू भएका बालक सनी खुनाको दाहसंस्कर गरिएको छ।
प्रदेश सरकारले ५/५ लाख दिने
बलात्कारपछि हत्या गरिएको किशोरीका परिवार र शुक्रबार गोली लागेर मृत्यु भएका सनि खुनाका परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने निर्णय गरेको छ। आईतबार पीडित परिवारलाई भेट्न पुगेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उक्त जानकारी गराएका हुन्। यसका साथै पीडितलाई न्याय दिन र अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न प्रदेश सरकार प्रयासरत रहेको उनले जानकारी दिए।